Logo

भरतपुरमा रेनु दाहालसँग एमालेका विजय सुवेदी २३८५ मतले पछि परे



काठमाडौं, ४ जेठ । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

आज राति ९ः४३ बजेको अपडेटअनुसार दाहाललले एमालेका मेयरका उम्मेद्धवार विजय सुवेदीसँग २३८५ को अग्रता कायम गरेकी छिन् ।

अहिलेसम्म ३३ हजार १ सय ८९ गणना हुँदा दाहालले १२ हजार ३ सय ५२ मत ल्याएकी छिन् । उता, सुवेदीले भने ९ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ५ हजार ३ सय ५५ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ६ सय ११ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ८ हजार ७४ मत आएको छ।



प्रतिक्रिया दिनुहोस्