Logo

स्थानीय तहमा अब कांग्रेस पहिलो दल



काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विगत जोगाउने परिणाम ल्याउन नसक्दा एक स्थान तल झर्दै दोस्रो बन्ने देखिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर बुधबार राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसले विगतको दोस्रो स्थानको हैसियतलाई बदल्दै स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको हो ।

राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ३० स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित हात पारेको छ भने ८७ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ । यस्तै, नेकपा एमालेले १ सय ४९ तहमा प्रमुख÷अध्यक्षमा जित हात पार्दा ५० स्थानीय तहमा अग्रता लिएको छ ।

यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतको भन्दा करिब ९० स्थानीय तह गुमाउने देखिएको छ । यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बुधबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय स्थानीय तहमा जित निकालिसकेको छ भने २० स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, स्थानीय तहमा चौंथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । बुधबार राति अबेरसम्मको परिणामअनुसार जसपाले १० स्थानीय तहमा प्रमुख÷अध्यक्ष जितेको छ भने नेकपा एसले नौ तहमा प्रमुख÷अध्यक्ष जितेको छ । यस्तै, नेकपा एसले ११ र जसपाले २५ स्थानीय तहमा अग्रता लिएको छ ।

राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसबाट २ सय १५ स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भइसकेका छन् । यस्तै, ८० तहमा उपप्रमुख(उपाध्यक्ष पदमा कांग्रेस अघि छ । यसैगरी, १ सय ५३ स्थानीय तहमा एमालेका उपप्रमुख(उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी, ८५ तहमा एमालेको अग्रता छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका १ सय ५ जना उपप्रमुख(उपाध्यक्ष विजयीबन्दा १८ स्थानमा अग्रता छ । यसैगरी, नेकपा एसका १६ उपप्रमुख(उपाध्यक्ष निर्वाचित बन्दा तीन तहमा सो पदमा अग्रता छ । जसपा नेपालले स्थानीय तहका उपप्रमुख(उपाध्यक्ष पदमा ११ स्थानमा जित निकालेर १६ तहमा सो पदमा अग्रता लिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्