Logo

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल एसलाई झड्का



काठमाडौं, ५ जेठ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीलाई स्थानीय चुनावमा ठूलो झड्का परेको छ । मतगणना सकिने अवस्थामा पुग्दा एसले दुईवटा मात्र पालिका जितेको छ ।

एसले कैलालीको घोडाघोडी नगरपालिका र केदारस्युँ गाउँपालिका मात्र जितेको छ । मत गन्न बाँकी पालिकामा पनि एस निकै पछि परेको छ ।
सुदूरपश्चिममा काँग्रेसले ३४, एमालेले २३, माओवादी केन्द्रले १३, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले २, नेकपा एसले २ र स्वतन्त्रले १ पालिका जितेका छन् ।

एमाले फुटेर एस बन्दा सुदूरपश्चिममा बलियो अवस्थामा थियो । बहुमत प्रदेश सांसद एसमा लागेका थिए । जसका कारण प्रदेश संसदमा ठूलो दल बन्न सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्