Logo

मतगणनास्थल पुगिन् सृजना, जित्नेमा अझै आशावादी



काठमाडौं, ५ जेठ । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सृजना सिंह मतगणनास्थल पुगेकी छिन् । उनी राष्ट्रिय सभागृहस्थित मतगणनास्थल पुगेर मतदानबारे बुझेकी हुन् ।

सृजनाले पत्रकारहरुको प्रश्नमा संक्षित जवाफ दिदै अझै धेरै मत गन्न बाँकी रहेको बताइन् । उनले आफू जित्नेमा आशावादी रहेको बताइन् ।

काठमाडौंमा स्वतन्त्रका बालेन साह ठूलो मतान्तरले अगाडि छन् । एमालेका केशव स्थापित दोस्रो स्थानमा र सृजना सिंह तेस्रो स्थानमा रहेर पछ्याइरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्