Logo

बलात्कारको सनसनीपूर्ण खुलासा गर्ने युवतीलाई रुबी राणाको साथ



काठमाडौं, ५ जेठ । आफूमाथि सौन्दर्य प्रतियोगितासँग सम्बन्धित एक व्यक्तिले बलात्कार गरेको खुलासा गर्ने युवतीलाई सेलिब्रिटीहरुको साथ मिल्न थालेको छ । सामाजिक सञ्जालमार्फत् ती युवतीले आफूमाथिको बलात्कारको खुलासा गरेपछि तरंग आएपछि प्रतिक्रियाहरु आउन थालेको हो ।

बलात्कारपछि पूर्व मिस नेपाललाई जानकारी गराउँदा उल्टै नकारात्मक जवाफ पाएको बताएकी युवतीलाई साहसी भन्दै पूर्व मिस नेपाल रुबी राणाले आफ्नो पूर्ण साथ भएको बताएकी छिन् । सामाजिक सञ्जालमा भिडियोमार्फत् राणाले कानूनी कारबाहीमा साथ दिने बताइन् ।

युवतीले आफू १६ वर्ष हुँदा ८ वर्ष अघि बलात्कार भएको खुलासा गरेकी छिन् । उनले बलात्कारको आरोप लगाएको व्यक्तिको नाम भने खुलाएकी छैनन् ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाबारे सनसनीपूर्ण खुलासा (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्