Logo

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १,९४० मतले अगाडि



जनकपुर जेठ ६ । जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार मनोज साहले ५,९०७ मतका साथ अग्रता लिएका हुन् ।

यस्तै एमालेका शिवशंकर साह हिराले ३,९६७ मत पाएका छन् । मनोज र शिवशंकरबीचको मतान्तर १,९४० रहेको छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १,८६६ मत पाउँदा लोसपाका मनोज चौधरीले २,५७० मत पाएका छन् । यस्तै गठबन्धनका लालकिशोर साहले जम्मा १,७३५ पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनमा किशोरी साहले ६,५३५ मत पाएका छन् भने एमालेकी रुना झाले ४,५०५ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्