Logo

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी



गोरखा, जेठ ६ । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका छन्। लामाले एक हजार ६२४ मत प्राप्त गरेका छन् ।
कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए ।

गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot