Logo

विष्णु पौडेलको वडामा कांग्रेस विजयी



काठमाडौं, जेठ ६ । बुटवल उपमहानगरपालिका–८ को अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा कांग्रेस विजयी भएको हो ।

एमालेका बुटवल पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मतान्तरले पछि पार्दै कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । त्यहाँ अघिल्लो पटक एमालेले जितेको थियो । उक्त वडामा ३ हजार ४३० मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्