Logo

गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट



काठमाडौं, जेठ ६ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् । यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।

भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको जनाइएको छ।

बिहीबारमात्रै नागरिकता विधेयक, संसद् सुचारु गर्ने र सरकारले संसद्मा प्रस्तुत गर्न लागेका विभिन्न विधेयकका सम्बन्धमा गृहमन्त्री खाण र कानुन मन्त्री शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए।

सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी अगाडि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्