Logo

अफ्ताब आलमका छोरा राजिक राजपुर नगरपालिकाको मेयरमा निर्वाचित



काठमाडौं, ६ जेठ । रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेद्धवार मोहम्मद राजिक आलमले जनता समाजवादी पार्टी, नेपालका मोहम्मद जैद आलमलाई पराजित गरेका हुन् ।

उनीहरुबीच २५७४ मतको फरक छ ।

आलमले ६३३५ मत पाउँदा मोहम्मद जैदले भने ३७५१ मत प्राप्त गरे ।

त्यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै जमिला असगरी विजय भएकी छिन् ।

उनले ६२६८ मत ल्याउँदा जसपाका चिन्ताकुमार कलवारले ३६२९ मत पाए ।



प्रतिक्रिया दिनुहोस्