Logo

मकवानपुरको इन्द्रसरोवरमा गाडी दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो



हेटौंडा, ७ जेठ : मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन ।

हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।



प्रतिक्रिया दिनुहोस्