Logo

केशव स्थापितलाई सृजना सिंहले उछिनिन्, बालेन १७ हजार मतान्तरले अगाडि



काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसकी सृजना सिंहले नेकपा एमालेका केशव स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा उछिनेकी छिन् । तर, दुवैजना स्वतन्त्र उम्मेदवार बालेन साहभन्दा १७ हजार मतान्तरले पछाडि छन् ।

सुरु देखि नै दोस्रो स्थानमा रहेका स्थापितलाई श्रेष्ठले गएरातिबाट उछिनेकी हुन् । स्वतन्त्रका बालेन साहको ३८ हजार ३३३ मत हुँदा सृजनाको २१ हजार २९९ र स्थापितको २१ हजार ८ मत रहेको छ ।

काठमाडौं महानगरपालिकाको आधा मत गणना भइसकेको छ । अहिलेकै रफ्तारमा प्रतिष्पर्धीहरुले मत पाएमा जित्नेले ६० हजार पाए पुग्छ । काठमाडौंमा झण्डै २ लाख मत खसेको थियो ।

काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाइन् । नेकपा एसका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् । राप्रपाकी विनिता मगैयाको ३ हजार ६२३ मत छ ।



प्रतिक्रिया दिनुहोस्