Logo

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी



काठमाडौं, ८ जेठ । धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वडलाई १२ हजार मतान्तरले पराजित गरेका हुन् ।

हमालले २६ हजार ८६५ मत ल्याउँदा वडले १४ हजार ८१७ मत ल्याए । एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

अघिल्लोपटक वडसँग हमाल पराजित भएका थिए । त्यतिबेला पनि हमाल स्वतन्त्र उम्मेदवार थिए ।

सुदूरपश्चिम प्रदेशको उपमहानगरपालिका धनगढीमा हमालको विजयलाई अर्थपूर्ण मानिएको छ । सुदूरपश्चिम नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश हो । कैलालीमा पर्ने धनगढीको उक्त क्षेत्र देउवा पत्नी आरजु देउवाको चुनावी क्षेत्र पनि हो ।



प्रतिक्रिया दिनुहोस्