Logo

पूरा कार्यकाल मेयर चलाउन पाउनुपर्ने भन्दै सर्वोच्च जाने साह चुनाव जिते



काठमाडौं, ८ जेठ । पाँच वर्षको पूरा कार्यकाल मेयर चलाउन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने सञ्जीवकुमार साह पुनः निर्वाचित भएका छन् । उनी महोत्तरीको भंगाहा नगरपालिकाबाट पुनः निर्वाचित भएका हुन् ।

साहले ५ हजार ६१७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाएका छन् । २०७४ मा तेस्रो चरणमा असोजमा आफ्नो पालिकामा मतदान भई चुनिएकाले पूरा कार्यकाल नगरपालिका चलाउन पाउनुपर्ने उनको जिकिर थियो ।



प्रतिक्रिया दिनुहोस्