Logo

उपत्यकामा १२ प्रमुखसहित कांग्रेस ठूलो दल



काठमाडौं, जेठ ९ ।  वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं उपत्यकामा नेपाली कांग्रेस ठूलो दलकारूपमा स्थापित भएको छ। काठमाडौं र ललितपुर महानगरपालिका बाहेक अन्य स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले १२, नेकपा एमालेले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानीय तहमा जित निकालेका छन्।

कांग्रेस सार्वजनिक भएका काठमाडौंका दस स्थानीय तहको परिणाम अनुसार सात, नेकपा एमालेले दुई र राप्रपाले एकमा विजयी हाँसिल गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरामा नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की, चन्द्रागिरी नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका घनश्याम गिरी, नागार्जुन नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत, गोकर्णेश्वर नगरपालिकामा दीपककुमार रिसाल, तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन, कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी र दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्। त्यस्तै बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका मिठाराम अधिकारी, टोखा नगरपालिकामा नेकपा एमालेका प्रकाश अधिकारी र शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित निर्वाचित भएका छन्।

काठमाडौं महानगरपालिकाअन्तर्गत ३२ वडामध्ये १५ वटा वडाको मतगणना सकिंदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन्। उनले ४१ हजार २७९ मत ल्याइरहँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नं.१मा भरतलाल श्रेष्ठ, वडा नं.२ मा राजेन्द्रकुमार श्रेष्ठ, वडा नं.३मा प्रेम थापा, वडा नं.४ मा दिनेश महर्जन, वडा नं.५मा वीरेन्द्र प्रजापती, वडा नं.६मा भुवन लामा, वडा नं.७ मा विमलकुमार होडा, वडा नं.८ आशामान संगत, वडा नं.२४ मा विनोदकुमार राजभण्डारी, वडा नं.२७ योगेशकुमार खड्गी, वडा नं. २८ मा भाइराम खड्की, वडा नं.२९मा कुश ढकाल, वडा नं. ३० मा दलबहादुर कार्की, वडा नं.३१ मा सरोज ढकाल र वडा नं. ३२ मा नवराज पराजुली वडाध्यक्षमा निर्वाचित भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्