Logo

बालेनको रफ्तार उस्तै, १६ हजार मत थपे जीत निश्चित



काठमाडौं, ९ जेठ । स्वतन्त्र उम्मेदवार बालेन साहको रफ्तार घटेको छैन । काठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा बालेनले मतान्तरलाई कायमै राखेर अग्रता बनाइरहेका छन् ।

बालेनले ४४ हजार १८३ मत ल्याउँदा नेपाली काँग्रेसकी सृजना श्रेष्ठको २५ हजार ८३५ मत पुगेको छ । साँढे १८ हजार मतान्तरले बालेन अगाडि छन् । नेकपा एमालेका केशव स्थापित २५ हजार २२ मतले तेस्रो छन् ।

स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३३ सय ३४ मत ल्याएर राप्रपाका मदनदास श्रेष्ठलाई पछि पारेका छन् । श्रेष्ठको २९ सय ९६ मत पुगेको छ ।

यही गतिमा सृजना र स्थापितको मत बढेमा बालेन ६० हजार मत कटाएमा चुनाव जित्न सक्छन् । अब उनले १६ हजार मत थपेमा जीत सुनिश्चित हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्