Logo

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह विजयी



काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् । उनले १३ हजार ४६५ मत ल्याएर जितेका हुन् ।

साह नेपाली काँग्रेसको टिकट नपाएपछि बागी उम्मेदवार बनेका थिए । गठबन्धनबाट जनता समाजवादी पार्टीले उम्मेदवारी दिएको थियो ।

वर्तमान मेयर समेत रहेका जसपा नेता लालकिशोर साह ५ हजार १२४ मतका साथ चौंथो स्थानमा पुगे ।

जनकपुरधाममा दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह रहे । उनले ९ हजार ५३२ मत ल्याए । तेस्रो स्थानमा लोसपाका मनोज चौधरी रहे । उनले ५ हजार ३६० मत ल्याए ।

उपमेयरमा नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भए । उनले १५ हजार ५२५ मत ल्याए । एमालेकी रुणा झाले १० हजार ८१७ मत ल्याइन् ।



प्रतिक्रिया दिनुहोस्