Logo

रेनु दाहाल फेरि भरतपुरको मेयर



काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर दोहोरिने निश्चित भएको छ । केही मत मान्न गणना हुँदा दाहाल भारी मतान्तरले अगाडि रहेपछि उनको मेयर जित्ने पक्का भएको हो ।

रेनुले ५० हजार मत कटाएकी छिन् । नेकपा एमालेका विजय सुवेदीले ३८ हजार मत कटाएका छन् । १२ हजार मतान्तरले रेनु जित्ने निश्चित भएको हो ।

रेनु माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् । उनलाई नेपाली काँग्रेससहित गठबन्धनाके साझा उम्मेदवार बनाइएको हो ।



प्रतिक्रिया दिनुहोस्