Logo

कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख 



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा जित निकालेको हो ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो ।

हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ ।

स्थानीय निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ ।

मतगणना भइरहेका ११ पालिकामध्ये ४ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्