Logo

उपेन्द्र र महन्थको शक्ति घट्यो



काठमाडौं, ११ जेठ । स्थानीय तहको निर्वाचनले धेरै दलहरुको शक्ति परीक्षण गरेको छ । मधेशवादी नेताका रुपमा चिनिएका उपेन्द्र यादव नेतृत्वको दल जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दुवैको शक्ति गत स्थानीय निकायको चुनावको तुलनामा घटेको छ ।

२०७४ को चुनाव संघीय समाजवादी फोरम, नेपालको नामबाट चुनाव लडेको उपेन्द्र यादव नेतृत्वको दल यसपटक जसपाको नामबाट चुनाव लडेको छ । जसपाले यसपटक एक महानगरपालिकाको मेयरसहित ३० पालिका जितेको छ । यसपटकको स्थानीय चुनावमा विगतको तुलनामा ४ पालिका गुमाएको छ । उसले २४ पालिकाको उपमेयर तथा उपाध्यक्ष जितेको छ । त्यतिबेला उपेन्द्र नेतृत्वको दलले ३४ पालिकाको मेयर तथा अध्यक्ष र ३२ पालिकाको उपमेयर तथा उपाध्यक्ष जितेको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुरको नेतृत्वको दल हो । २०७४ को चुनावमा राष्ट्रिय जनता पार्टी नेपाल थियो । त्यतिबेला राजपाले २५ पालिकामा मेयर तथा अध्यक्ष र ३० पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको थियो । यसपटक १६ पालिकाको मेयर तथा अध्यक्ष र १२ पालिकाको उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

राजपा र संघीय समाजवादी फोरम नेपाल एकीकृत भई राजपा बनेका थिए । तर, राजपा फेटेर लोसपा बन्यो । फुटको असर दुवै दलको चुनावी परिणाममा देखियो । यी दुई दल एक भएको भए चुनावी परिणाम निकै फरक हुनसक्ने देखिएको छ । फुटले दुवै दलले क्षति भोगेका छन् । दुवै दलको शक्ति घटेको छ ।



प्रतिक्रिया दिनुहोस्