Logo

गोकुलको विज्ञ हुँदा ‘डन’को शैलीमा थर्काउँथे यौन दुर्व्यवहारका आरोपी जर्नादन अधिकारी



काठमाडौं, ११ जेठ । जर्नादन अधिकारीलाई यतिबेला साँढे सातको दशा लागेको छ । चावहिलस्थित सेन्ट लरेन्स स्कुलकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ उनलाई । प्रहरीले अधिकारीलाई पक्राउ पनि गरेको छ ।

अधिकारी गोकुल बाँस्कोटा मन्त्री हुँदा विज्ञ सल्लाहकारमा नियुक्त गरिएका थिए । उनको घर काभ्रेको भुल्लु गाउँपालिका हो । बाँस्कोटाको गृहजिल्ला पनि काभ्रे नै हो ।

शक्तिमा रहँदा अधिकारी ‘डन’ को शैलीमा प्रस्तुत हुन्थे । उनले सञ्चार मन्त्रालयमा आउने पत्रकारहरुलाई समेत थर्काउँथे । आफैलाई सञ्चारमन्त्री ठान्थे ।

अधिकारी जब यौन दुर्व्यवहारको आरोपमा परे तब धेरैले उनलाई गोकुल बाँस्कोटा मन्त्री हुँदाका सञ्चार मन्त्रालयका ‘डन’ पो रहेछ भन्न थाले ।



प्रतिक्रिया दिनुहोस्