Logo

इन्धन र ऊर्जा क्षेत्र देखि विद्यालयसम्म हड्ताल गर्न निषेध



काठमाडौं, ११ जेठ । सरकारले २५ अत्यावश्यक र संवेदनशील क्षेत्र तोकेर हड्ताल गर्न निषेध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले हड्ताल निषेध क्षेत्र तोकेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले राजपत्रमा हड्ताल निषेधित क्षेत्रबारे सूचना नै प्रकाशित गर्ने भएको छ । विश्वस्त स्रोतका अनुसार हड्ताल निषेधित क्षेत्रमा इन्धन र ऊर्जासम्बन्धित क्षेत्र, विद्यालय, अस्पताल, सार्वजनिक यातायातलगायत छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्