Logo

पोखराका मेयर आचार्यले भनेः पहिलो प्राथमिकता ल्याडफिल्ड साइट



काठमाडौं, ११ जेठ । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले पहिलो प्राथमिकता ल्याडफिल्ड साइट भएको बताएका छन् । उनले औपचारिक बोर्ड बैठकमा पहिलो प्रस्ताव ल्यान्डफिल्ड साइट हुने बताए ।

विजयी भएपछि आचार्यले भने,‘औपचारिक बोर्ड मिटिङमा ल्याडफिल्ड साइट हुनेछ ।’ ल्यान्डफिल्ड साइट द्रुत गतिमा बढाउन नसके अन्तर्राष्ट्रिय विमानस्थल नचल्ने बताए ।

मेयर निर्वाचित हुनु अघि नै काठमाडौं आएर आचार्यले अर्थमन्त्रालयका जिम्मेवार अधिकारीहरुसँग भेटेको चर्चा चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्