Logo

तराईमा एमाले बलियो



काठमाडौं, १२ जेठ । देशका अधिकांश क्षेत्रमा चुनावी धक्का खाएपनि नेकपा एमालेले तराईका जिल्लाहरुमा प्रभाव बलियो बनाएको छ । सत्ता गठबन्धनका दलहरुलाई एमालेले मधेश प्रदेशका अधिकांश जिल्लामा धक्का दिएको छ ।

एमालेले सिराहामा सबैभन्दा बढी ९ पालिका जितेको छ । सिराहामा एमालेको बलियो उपस्थिति बन्दा धनुषा, रौतहट र सप्तरीमा पनि ३ ३ पालिका जितेको छ । बारा र पर्सामा पनि ५५ पालिका जितेको छ । बाराको कलैया उपमहानगरपालिकामा एमालेले गठबन्धनलाई एक्लै पराजित गर्न सकेको छ ।

मोरङमा ९ पालिका जितेको छ । विराटनगरमा एमालेले उपमेयर जितेको छ । सुनसरी र झापामा ७७ पालिका जितेको छ । सर्लाही र महोत्तरीमा ११ पालिका जितको छ । यसरी मधेश प्रदेशका सबै जिल्लामा एमालेले कुनै न कुनै पालिका जितेको छ ।

तराईका २० जिल्लामध्ये एमालेले बाँकेमा मात्र कुनै पनि पालिका जित्न सकेन । बढी निर्वाचन क्षेत्र रहेका झापा, मोरङ, सुनसरी, सिराहा, बारा, पर्सा र नवलपरासी जस्ता जिल्लाहरुमा एमाले सबैभन्दा बढी पालिका जित्न सफल भएको छ । यसको असर संसदीय चुनावमा देखिन सक्ने भएकाले केपी शर्मा ओलीको उत्साह घटेको छैन ।

मधेश प्रदेशसहित तराईका जिल्लाहरुमा गठबन्धनको जनता समाजवादी पार्टीले विगतको तुलनामा धक्का खाएको छ । लोसपाले भने केही सिट घटेपनि आशा जगाउने अवस्था बनेको छ । यसले गठबन्धनमै हलचल आउन सक्ने देखिदैछ ।

चुनावमा एमालेको मधेश प्रदेश र प्रदेश १ को तराईका ३ जिल्लामा बलियो प्रभाव देखिनुले उपेन्द्र यादवसामु चुनौती देखिएको छ । उनी यसकारण पनि ओलीसँग संवाद गर्ने वाध्यात्मक अवस्थामा पुगिसकेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरको ओलीसँग पहिल्यै देखि नै निकटता देखिन्छ ।

एमालेले कहाँ कति जित्यो
झापाः ७
मोरङः ९
सुनसरीः ७
सप्तरीः ३
सिराहाः ९
सर्लाहीः १
धनुषाः ३
रौतहटः ३
बाराः ५
पर्साः ५
चितवनः ३
नवलपरासी पूवः ६
नवलपरासी पश्चिमः ३
रुपन्देहीः ३
कपिलवस्तुः ३
दाङः २
बाँकेः ०
बर्दियाः १
कैलालीः २
कञ्चनपुरः ३

कुल: ६८



प्रतिक्रिया दिनुहोस्