Logo

६१७६७ मत ल्याई बालेन साह काठमाडौं महानगरको मेयरमा निर्वाचित, उपमेयरमा सुनिता डंगोल विजयी



काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । आज (बिहीबार) काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो ।

उनले नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । साहले ६१७६७ मत ल्याएका छन्। सिर्जना श्रेष्ठले भने ३८३४१ मत ल्याएकी छन्। नेकपा (एमाले) का केशव स्थापितले ३८११७ मत पाए ।

यस्तै उपमेयरमा भने नेकपा (एमाले) की सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८६१२ मत पाएकी छन्। पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरमा नेकपा (एकीकृत समाजवादी) बाट उम्मेद्धवार बनेका रामेश्‍वर श्रेष्ठले २३८०६ मत पाए।

यद्धपी निर्वाचन आयोगले भने भोलि (शुक्रबार) विहान ६ बजेमात्रै काठमाडौं महानगरको निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्