हिमाल आरोहण गर्नेको तथ्याङ्क छैन


काठमाडौं, जेठ १५ । यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन।

पर्यटन विभागले आरोहणलाई मर्यादित बनाउन यस वर्ष १०५ जना सम्पर्क अधिकृतलाई खटाएको थियो तर कुन हिमालमा कति जनाले आरोहण गरे, तोकिएको समयमा सम्बन्धित हिमालमा सम्पर्क अधिकृत पुगे नपुगेकोसमेत अनुगमन नहुँदा यकिन आरोहीबारे विभाग अनभिज्ञ छ।

आरोहण क्षेत्रमा फितलो अनुगमनकै कारण अघिल्ला वर्षमा पर्वतारोहण दलसाथ खटाइएको स्थानमा आरोहीसँग नगई राजधानीमै बसेर भत्ता पचाउने गरेको पाइएको थियो। यस वर्ष पनि खटाइएको स्थानमा उनीहरू पुगे नपुगेकाबारे अनुगमन भएको छैन। गोरखापत्र दैनिकबाट

Skip This

Omoda E5 Pro