Logo

सुजाता कोइराला अचानक दिल्लीमा



काठमाडौं, १५ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला अचानक दिल्ली पुगेकी छिन् । उनी व्यक्तिगत कामले दिल्ली पुगेको भनिएपनि महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने बुझिएको छ ।

सुजाताले दिल्ली बसाईंका क्रममा त्यहाँका राजनीतिक दलका नेता, प्रतिष्ठित व्यक्तिहरुसँग भेट्ने बुझिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइराला स्थानीय चुनावलगत्तै दिल्ली पुग्नुलाई अर्थपूर्ण मानिएको छ । उनी विगतमा भारतमै अध्ययन गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्