Logo

पूर्वप्रम खनालद्वारा शुभकामना सन्देश



काठमाडौँ,१५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र दिवस–२०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष खनालले जारी गरेको विज्ञप्तिमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेका शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो । जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियाँंै देखिको सामन्ती, निङ्रकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरिएको विज्ञप्तिमा यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “क्रान्तिकै बलबाट हामीले समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान र सामाजिक न्यायका उपलब्धि हासिल गरेका छौँ, जनक्रान्तिकै म्याण्डेट बमोजिम हामीले संविधानसभाको निर्वाचन ग¥यौँ, संविधान निर्माण गरे पश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन ग¥यौँ, भर्खरै मात्र पनि हामीले दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न ग¥यौँ, यी हामीले हासिल गरेका महत्वपूर्ण संरचनागत उपलब्धि हुन् ।”

सम्पूर्ण देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्व बनाउन आग्रह गरिएको उक्त विज्ञप्तिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्न र सामाजिक–आर्थिक विकास तथा रुपान्तरणलाई तीव्र बनाउँदै वैज्ञानिक समाजवादको बाटोमा दृढतापूर्वक अगाडि बढ्न भनिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्