यी हुन् नीति अनुसन्धान प्रतिष्ठानद्वारा भारतका विश्वविद्यालयमा स्वर्ण पदक पाएका नेपाली (तस्बिरसहित)


काठमाडौं, १५ जेठ । भारतका विभिन्न विश्वविद्यालयमा स्वर्ण पदक प्राप्त गर्ने नेपालीहरुलाई नीति अनुसन्धान प्रतिष्ठान नेपालले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको गरिमा बढाउनेहरुलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा नेपाल सरकारका सचिवहरु राम प्रसाद थपलिया र प्रमिलादेवी बज्राचार्य, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक आशावाई बापट, नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. दीपककुमार अधिकारी सहभागी थिए ।

सम्मानित हुनेहरुमा भारतको विश्वविद्यालय र विभिन्न शैक्षिक संस्थाबाट स्वर्ण पदक प्राप्त गरेका प्रतिभाहरु मनोजप्रसाद पटेल, प्रत्युश झा, अनुभव चौधरी, रवि शाक्य,  विशाल केसी, तारा वाग्ले, रञ्जीत झा, मदनकृष्ण शर्मा, रत्न राज्य बज्राचार्य, महेश्वर प्रसाद श्रेष्ठ, आशिष गर्ग, सञ्जयकुमार साह,  केदार पौडेल, प्राध्यापक डा. ऋषिकेष वाग्ले, प्राध्यापक डा. पूर्णमान शाक्य, अरुणा घिमिरे, युत्सा भट्टराई राई, किशोरविक्रम शाह, डिल्लीराम संग्रौला, सञ्जीव दाहाल, प्राध्यापक डा. विद्यानाथ महतो, चेतन ज्ञवाली, डा. रामप्रसाद पोखरेल, तुलसीप्रसाद सिटौला, अरविन्दकुमार महतो, सुरेशकुमार बर्मा, डा. पुनम नेपाल छन् ।

कार्यक्रममा प्रमुख अतिथि सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतबाट उच्च शिक्षा हासिल गरी गोल्डमेडालिष्ट प्राप्त गरेका व्यत्तिलाई जुन सम्मान गरेको छ त्यसले समाजमा एउटा सकारात्मक सन्देश गरेको र त्यसको लागि आयोजकलाई धन्यवाद दिए । उनले सुन्दर देश नेपाललाई प्रकृतिले धेरै सम्पदाहरू दिएको र त्यसलाई व्यवहार र अवसरमा रूपान्तर गरेर मुलुकलाई चाँडो भन्दा चाँडो सम्पन्न मुलुकको रूपमा विकसित गर्नका निमित्त सम्मानित प्रतिभाहरूको धेरै ठुलो भूमिका रहनु पर्ने बताए । नेपाल र भारतको सम्बन्ध सरकार सरकार विच मात्र नभएर जनतार जनता विच , एउटै सभ्यता , एउटै संस्कृति भएकोले हामीले हाम्रो देशलाई समृद्धि बनाउन भारत सँग सुमधुर सम्बन्ध बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ” शिक्षा अथवा विद्या अध्ययन गर्ने , एउटा प्रमाणपत्र लिने नेपाल आउने आफ्नो ठाउँ काम गर्ने र जागिर खाने सँगमात्र सिमित नभएर यस्तो शिक्षाले नेपाल र भारतको सम्बन्धलाई ग्रस लेवलमा पुर्याउन , व्यत्तिव्यत्तिमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्ने कुरा उल्लेख गरे । उनले भने, ‘यो सम्मान कसैको रूचिले चाखले र चाहनाले नभई तपाईंहरूले आफ्नो विश्वविद्यालयबाट मेरिटमा पाएको डिग्रीलाई मुल्यांकन गरेर नेपाल भित्र कहाँ हुनु हुन्छ खोजि खोजी यहाँहरूलाई गरिएको हो ।’ अर्काको देशमा गएर पनि गोल्डमेडालिष्ट भएकोमा खुशि व्यक्त गर्दै बधाई दिए ।

कार्यक्रमका अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवि बज्राचार्यले ” यस्तो किसिमको कार्यक्रम भईरहनु पर्ने र यसले नयाँ आउने पुस्ताहरूलाई उत्प्रेरणा मिल्ने साथै विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमै केही गर्नु पर्छ भन्ने भावको सकारात्मक सन्देश जाने बताइन् ।

भूमी, सहकारी तथा गरिबी निबारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समाजका विशिष्ट व्यत्तित्वहरूलाई कार्यक्रममा उपस्थिति गराई एउटै मालामा उनेर जुन कार्यक्रम नीतिअनुसन्धान प्रतिष्ठनले आयोजना गरेको छ त्यो अत्यन्तै राम्रो गरेको र नयाँ पुस्तालाई प्रेरण बनेको बताए ।
विशिष्ट अतिथि स्वामी विवेकान्नद सांस्कृतिक प्रतिष्ठानका डाइरेक्टर आशावरी वापटले नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मनतव्य व्यक्त गरिन् ।

कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरू , नेपाल सरकारका उच्च पदस्थ व्यत्तिहरू, पुर्व आइजिपी सर्वेन्द्र खनाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल सचिवहरू रामप्रसाद थपलिया, प्रविला बज्राचार्य, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, सुचना तथा संचार मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की , स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका डाइरेक्टर आशावरी वापटलगायत विविध संघ संस्थाका प्रतिनिधिहरू, नीति अनुसन्धान प्रष्ठिनका डाइरेक्टर डा दीपककुमार अधिकारी लगायत ५ सय जना भन्दा बढी समाजका प्रवुद्ध नागरिकहरूको उपस्थिति रहेको थियोे ।

Skip This

Omoda E5 Pro