Logo

इम्बोस्ड नम्बर प्लेटविरुद्ध पोखरामा पनि प्रर्दशन (फोटोफिचर)



काठमाडौं, २५ जेठ । ईम्बोस्ड नम्बर प्लेटविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दबाबमुलक र्याली प्रदर्शन गरेको छ ।

‘नम्बर प्लेटहरुमा देवनागरी लिपि लागु गर’ भन्ने मुल नाराका साथ पोखरा महानगर सदस्य देवी शेर्पालीको नेतृत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पोखरा महानगर  र पृथ्वीनारायण क्याम्पस इकाईले आज पोखरामा विरोध प्रदर्शन गरेको हो ।

र्र्याली प्रदर्शन कार्यक्रम पृथ्वीनारायण क्याम्पस गेटमा गरिएको हो ।

देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने असंवैधानिक, अव्यावहारिक र राष्ट्रहित विपरीत निर्णयको विरोध एबं दबावमुलक र्याली प्रदर्शन गरिएको परिषदले जनाएको छ। Photo : Narayan prasad Dhakal



प्रतिक्रिया दिनुहोस्