Logo

मानुषीद्वारा संसदको चुनाव लड्ने घोषणा



काठमाडौं, २५ जेठ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले चुनाव लड्ने घोषणा गरेकी छिन् । उनले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।

मानुषीले काठमाडौं ७ या ५ बाट चुनाव लड्ने बताएकी छिन् । उनी विगतमा माओवादीनिकट अखिल क्रान्तिकारीमा थिइन् ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेकी मानुषी छोरा जन्मिएपछि केही समय घरपरिवारमा बढी सक्रिय थिइन् । पछिल्लो समय उनको राजनीतिक सक्रियता बढेको छ । मानुषी जसपाबाट नै चुनाव लड्ने बताइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्