Logo

चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो



काठमाडौं, २५ जेठ । सम्भवत आगामी मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने सम्भावना छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मंसिरमा चुनाव हुने बताइसकेका छन् ।

चुनावको घोषणा भएको छैन तर उम्मेदवार बन्न चाहनेहरुको तयारी व्यापक भइरहेको छ । कतिपयले उम्मेदवारी घोषणा समेत गरिसकेका छन् ।
काठमाडौं क्षेत्र नं ५ बाट रञ्जु दर्शना, मानुषी यमी भट्टराई जस्ता नाम चलेका नामहरु उम्मेदवार बन्ने तयारीमा छन् । काँग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पनि यसै क्षेत्रबाट चुनाव लड्ने तयारमिा छन् । पूर्व प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल र पूर्व डिआइजी रमेश खरेलको चाहना पनि यही क्षेत्रमा चुनाव लड्ने रहेको छ ।

यसैगरी, काठमाडौंका अन्य क्षेत्रमा पनि युवा र स्वतन्त्रहरुले उम्मेदवार बन्ने तयारी गरिसकेका छन् । ललितपुरको तीनवटै क्षेत्रमा युवाहरुले विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन् । भक्तपुरमा महेश बस्नेतले जितेको क्षेत्रमा पनि युवा तथा स्वतन्त्र उम्मेदवारहरुको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्