Logo

बालेन साहको राजीनामा मागे मुकुन्देले



काठमाडौं, २६ जेठ । काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् ।

बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन । उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् ।
मुकुन्दे बालेन साहका कटु आलोचक हुन् । उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्