Logo

इम्बोस्ड नम्बर प्लेटको कमिशनको खेलमा उपेन्द्र यादव र रेणु यादव लागेपछि…



काठमाडौं, २६ जेठ । संसदको चुनाव मंसिरभित्र हुने प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटमा भनिसकेका छन् । सार्वजनिक रुपमा पनि चुनाव कात्तिक या मंसिरमा हुने भनिसकेका छन् । चुनाव हुने समय नजिकिदै गर्दा सरकारमा रहेका मन्त्रीहरु अर्थ जोहोमा लागिसकेका छन् ।

मन्त्रीहरुलाई सम्बन्धित पार्टीका शिर्ष नेताहरुले पनि जतिसक्दो कमाउन दबाब दिन थालेका छन् । जसरी हुन्छ रकम जोहो गर्ने दाउमा लाग्दा कतिपय मन्त्री विवादमा परेका छन् ।

यातायात व्यवस्था विभागलाई लगाएर भौतिक पूर्वाधारमन्त्री रेणु यादवले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न उर्दी नै जारी गर्न लगाइन् । नेपाली भाषाको देवनागरी लिपि नै मेटेर नम्बर प्लेट राख्ने यो खेलमा अरबौंको कमिशनको स्वार्थ पनि रहेको छ ।

विश्वस्त स्रोतका अनुसार इम्बोस्ड नम्बर प्लेटको खेल सफल बनाउन बालुवाटारलाई एउटा समूहले नै प्रभावित बनाएको छ । त्यसैले विवादास्पद कदममा सरकारमा रहेकाहरु खुलेरै लागे । एमाले निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाको नामै तोकेर कमिशनको खेलमा लागेको आरोप लगाएको छ ।

तर, यो खेलमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि लागेको बुझिएको छ । उनले रेणु यादवलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउन भौतिक पूर्वाधार मन्त्रालयमार्फत् यातायात व्यवस्था विभागमाथि दबाब सृजना गर्न लगाए । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लगाएर चुनाव खर्च जोहो गर्ने खेलहरु भएको बुझिएको छ । रेणुले मन्त्रीका रुपमा कायमै रहने आशामा पनि विवादास्पद कदम चाल्न यातायात व्यवस्था विभागलाई लगाएको खुलेको छ ।

जसपाभित्र मन्त्री परिवर्तनको दबाब बढिरहेको छ । तर, इम्बोस्ड नम्बर प्लेटमा उर्दी जारी गर्दा बालुवाटार र उपेन्द्र यादव दुवैलाई खुशी पार्ने रेणुको रणनीति देखिन्छ । तर, यो कदम उनका लागि प्रत्युत्पादक सावित हुन थालेको छ ।

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि नराखी रोपन लिपि राख्नुमा संविधानको धाराकै उल्लंघन गरी सर्वोच्च अदालतले समेत गरेको फैसलाबारे छताछुल्ल भएको छ । विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लिपिको विषय आएर रोकिएका थिए । उनले जोखिम नमोली रोखेका थिए । तर, देउवा सरकारका पालामा फेरि यो कदम उठाइएको छ । सर्वत्र यसको विरोध भएपछि इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी र नयाँ दर्ता भएकामा राखेर लागू गर्न खोजिएको छ । कर तिर्दा पनि अनिवार्य बनाइएको छ । जसरी पनि इम्बोस्ड नम्बर प्लेट लाद्ने यो कदमले सत्तामा रहेका दलहरुको समेत लोकप्रीयता घटेको छ ।

यसैगरी, इम्बोस्ड नम्बर प्लेटमा पार्टीले सम्हालेको भौतिक मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग नै जोडिएपछि जनता समाजवादी पार्टीभित्र ठूलै विवाद चल्न थालेको छ । चुनावमा यसको ठूलो असर पर्ने भन्दै सांसदहरु उपेन्द्र यादव र रेणु यादवविरुद्ध खनिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्