Logo

इम्बोस्डमा अरुको आफ्नै लिपि, नेपालमा देवनागरी मेट्ने चलखेल



काठमाडौं, २६ जेठ । सँसारका सबै देशहरु आफ्नो भाषा र लिपिको संरक्षणमा लागेका छन् । सरकारी कामकाजीको भाषा र लिपिमा आफ्नो परापूर्व देखि चलिआएकोको संरक्षण गर्दै प्रयोगमा ल्याइरहेका छन् । जतिसुकै प्रविधि परिवर्तन भएपनि भाषा र लिपि संरक्षणमै लागेका छन् ।
बँगलादेशको आफ्नै लिपिमा इम्बोस्ड नम्बर प्लेट छ । इजरायलले पनि हेब्रुमा नम्बर प्लेट कायमै राखेको छ ।

अरबका देशहरुमा पनि आफ्नै लिपिको इम्बोस्ड नम्बर प्लेट छ । जापान, चीनलगायतका देशहरुले पनि आफ्नै लिपि प्रयोगमा ल्याएका छन् । तर, नेपालमा भने योजनावद्ध तरिकाले नेपाली भाषाको देवनागरी लिपि मेटाउने गरी इम्बोस्ड नम्बर प्लेट ल्याइएको छ ।

महङ्गो बनाइएको इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपि राखिएको छ । त्यतिमात्र नभई यसलाई लाद्न अनिवार्य बनाइएको छ । अब नयाँ सवारी साधन खरिद र नयाँ दर्तामा अनिवार्य बनाइएको छ । यसले निरन्तरता पाएमा पनि केही वर्षमै नेपालका सडकमा गुड्ने सवारी साधनमा देवनागरी लिपि रहनेछैन ।



प्रतिक्रिया दिनुहोस्