Logo

‘अब कि बार मुकुन्दे सरकार’ भन्दै काठमाडौं ४ मा मुकुन्देको सक्रियता



काठमाडौं, २७ जेठ । मुकुन्देको नामले चर्चित मुकुन्द घिमिरेले काठमाडौं क्षेत्र नम्बर ४ मा सक्रियता बढाएका छन् । उनले चुनावी तयारीका लागि सक्रियता बढाएका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ मा केन्द्रित भई उनले आफ्ना धारणाहरु समेत सार्वजनिक गर्न थालेका छन् ।

मुकुन्देले अब कि बार मुकुन्दे सरकार भन्दै उम्मेदवारी घोषणा गर्दै बढेका छन् । मुकुन्देको मुद्दामा हिन्दू गणतन्त्र रहेको छ । उनल हेलिकोप्टरबाट बीऊ छर्ने देखि ३६५ दिन नै नेपाली जनतालाई दशैं जस्तै सुखसँग राख्ने नारा उठाएका छन् ।

काठमाडौं ४ मा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेका थिए । थापाले नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईलाई पराजित गरेका थिए । हेभिवेटहरु चुनाव लड्ने उक्त क्षेत्रमा मुकुन्देको प्रवेशलाई चासोका साथ हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्