Logo

नेपालले दोस्रो गोल खाएलगत्तै मैदानमै ढलेका अल्मुताइरीले भने, ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन’



काठमाडौं, जेठ २९ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू ‘गोर्खाली’ भएको र ‘चिन्ता गर्नु नपर्ने’ बताएका छन् । अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका थिए ।

नेपालले ४८औँ मिनेटमा दोस्रो गोल खाएलगत्तै मुख्य प्रशिक्षक अल्मुताइरी मैदानमा अचेत भएका थिए । प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो ।

उनी अहिले अस्पतालबाट डिस्चार्च भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाको फेसबुक पेजमा अल्मुताइरीलाई उद्धृत गर्दै लेखिएको छ, ‘आजको खेलको लागि म माफी चाहन्छु । भोलिबाट हामी नियमित तालिकाअनुसार हाम्रो योजनामा अघि बढ्नेछौँ । प्रतियोगिता सकिएपछि म थप चेकअप गर्नेछु ।’

एन्फाको त्यही पोस्ट सेयर गर्दै अल्मुताइरीले लेखेका छन्, ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन । एक टिम, जय नेपाल ।’



प्रतिक्रिया दिनुहोस्