Logo

कोहलपुरमा दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु



काठमाडौं, २९ जेठ । बाँकेको कोहलपुरमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ मनकामना चोकमा हिजो बेलुकी दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे ठोक्किएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका १६१७ नम्बरको मोटरसाइकल चालक सुर्यप्रकाश वलीको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । अर्को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्