Logo

जेलमा के गर्दैछन् रेशम चोधरी



काठमाडौं, २९ जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी काठमाडौंको डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् । उनले आफु संस्थापक भएर श्रीमती रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टीको स्थापना गरे ।

र, उनको पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहमा जित हासिल गर्न सफल भएको छ।
आगामी चुनावमा पनि उम्मेदवारी दिने र जित हासिल गर्ने लक्ष्यका साथ पार्टी अघि बढेको छ।

जेलमा बस्ने क्रममा चौधरीले पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव तयार पारेका छन् । पार्टीको लेबी, क्रियासिल सदस्यता र कार्यविभाजनको बारेमा केन्द्रीय समिति बैठकबाट लिन उनको सुझाव छ ।

पार्टीले केन्द्रीय सदस्य हुन एक कार्यकालको लागि २५ हजार लेबी निर्धारण यस अघि नै गरिसकेको छ भने क्रियासिल सदस्यका लागि एक वर्षमा २५० लिदै आएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले विद्यार्थी, श्रमित, वृद्धिजिवी, कलाकार र भारतिय श्रमिकको सवालमा संगठन गराउने चौधरीले कार्य विभाजन प्रस्ताव तयार पारेका छन् । उनले पार्टीका सदस्य र शिक्षित तथा महत्वपुर्ण व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने प्रस्ताव अघि बढाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्