Logo

भक्तपुरको टहरामा पुरुषको शव फेला



भक्तपुर, २९ जेठ । भक्तपुरमा आज एक पुरुषको शव फेला परेको छ । मध्यपुर थिमी नगरपालिका–बोडेमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

भक्तपुरको लर्डबुद्ध स्कुल अगाडी निमार्ण भइरहेको टहरामा कल्याण साहुको शव भेटिएको हो ।

५१ वर्षीय साहुको हत्या भएको आशंकामा केही व्यक्तिहरु पक्राउ परेका छन् भने उनको शव पोस्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्