Logo

६ बुंदे सहमतिसँगै त्रिवि उपकुलपति कार्यालयको ताला खुल्यो



काठमाडौं, २९ जेठ । त्रिभुवन विश्वविद्यलयको उपकुलपति कार्यालयमा विद्यार्थी र आंशिक प्राध्यापकहरुले लगाएको ताला खुलेको छ ।

६ महिना अघि नेपाल विद्यार्थी संघ र प्राध्यापकहरुले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला ६ बुंदे सहमतिपछि खुलाइएको हो ।

नेविसंघले शुक्रबार र आंशिक प्राध्यापक संघले आइतबार ताला खोलेका हुन् । तालाखोलेसँगै अब त्रिविका प्रशासनिक कामहरु नियमित हुने भएका छन् ।

विश्वविद्यालयले वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुंदे सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्