Logo

विश्वराज पोखरेलले दिएको रिटमा आज सुनुवाई हुने



काठमाडौं, ३० जेठ । सर्वोच्च अदालतमा आज नेपाल प्रहरीको आईजीपी धिरजप्रताप सिंहविरुद्धको मुद्दाको सुनुवाइको पेशी हुँदैछ ।

एआइजी विश्वराज पोखरेलले दिएको रिट आज कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको हो ।

गत वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्