Logo

बजेटमाथिको छलफल रोक्न १५ सांसदद्धारा प्रस्ताव दर्ता



काठमाडौं, ३० जेठ । संसदमा बजेटमाथिको छलफल स्थगन गर्न प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभाका १५ सांसदले संसदमा भइरहेको बजेट छलफलको स्थगन गर्न प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोख्रेल, उज्ञराज सुनार, राजेन्द्र कुमार राई, कृष्णगोपाल श्रेष्ठसहितका १५ सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

सांसदहरुले बजेटमाथिको छलफल छाडेर मलको बारेमा छलफल गर्न पनि प्रस्तावमा उल्लेख गरेका छन् ।
सोमबार पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बजेटमाथि उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस्