Logo

माछा मार्ने क्रममा दुईको मृत्यु



 

काठमाडौँ,३० जेठ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछितनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ
(मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उनले भने, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।”

मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ । भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्