Logo

सप्तरीका मिटरब्याजी रामदेव साहकी छोरी काठमाडौंबाट पक्राउ



काठमाडौं, ३० जेठ । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् ।

ठगी र अपराधिक विश्वासघात मुद्दाको आरोपमा अनुराधालाई काठमाडौंको बुद्धनगरबाट प्रहरीले गत जेठ २८ गते पक्राउ गरेको हो । ४५ वर्षीया साहलाई काठमाडौंबाट पक्राउ गरी प्रहरीले सप्तरी पठाइसकेको प्रहरीले जनाएको छ ।

उनले बुवा रामदेवसँग साँठगाँठ गरेर विभिन्न व्यक्तिहरुको मिटरब्याजमा पैसा लिने र त्यसबापत धेरै रकम लिएको उजुरी परेको छ।

केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेवलाई कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्