Logo

हुबहु प्रश्नपत्र प्रकरण : छानबिन गर्न बन्यो समिति



काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषय छानबिन गर्न समिति गठन गरिएको छ।

हुबहु प्रश्नपत्र छानबिनका लागि प्रा.घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । नयाँ गठन भएको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

स्नाकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षामा दुई विषयको प्रश्नपत्र अघिल्लो वर्षकै हुबहु देखिएको भन्दै विद्यार्थीहरुले छानबिन गर्न आग्रह गरेका थिए ।

पब्लिक इकोनोकिक्स र इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र गत वर्षकै हुबहु मिलेको थियो ।



प्रतिक्रिया दिनुहोस्