Logo

नारायणकाजी वाम एकताका लागि प्रचण्डलाई वाध्य पार्दै, नमाने फुटाउने तयारीमा



काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रभित्र वाम एकताका लागि दबाब बढ्न थालेको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पषमा दबाब दिन थालेका छन् ।

वर्षमान पुन निरन्तर नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् । नारायणकाजी श्रेष्ठले त आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता नै गरे । ओलीसँग श्रेष्ठले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकाको भूमिका बढेको विषय देखि वाम एकता नभए ठूलो संकट आउनसक्ने भन्दै छलफल गरेको बुझिएको छ ।

श्रेष्ठले वाम एकताका लागि आफूहरु सधै तयार भएको भन्दै मार्ग खोल्न ओलीलाई पनि आग्रह गरे । विश्वस्त स्रोतका अनुसार श्रेष्ठले प्रचण्डलाई समेत वाम एकताका लागि दबाब दिएका छन् । उनले माओवादीभित्र अलग समूहलाई सक्रिय बनाएका छन् । वाम एकताका लागि कुनैपनि बेला माओवादीभित्र विद्रोह गर्ने सम्मको रणनीतिमा श्रेष्ठ पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्