Logo

प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सांसदहरुले सार्वजनिक महत्वको प्रस्तावमाथिको धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्