Logo

कैलाली जिसस : गठबन्धनका प्रमुख र उपप्रमुख विजयी



काठमाडौं, ३० जेठ । कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार निर्वाचित भएका छन् ।
धनगढीमा भएको सोमबार मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले विजयी हासिल गरेका हुन् ।

प्रमुखमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार काँग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्। उनले १३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए।
स्वतन्त्रबाट निर्वाचित धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले साथ दिएपछि गठबन्धन जित हात सफल भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्