Logo

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीको नियन्त्रणमा



काठमाडौैं, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली अहिले प्रहरीको नियन्त्रणमा छिन् । मन्त्री पीएसओसहित एकराज बस्नेतको तुलसीपुरस्थित आलुमण्डीमा रहेको घरमा पसेर उनका श्रीमती र छोरीलाई कुटपिट गरेकी हुन् ।

बस्नेतको घरमा वलीले बिहानै आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर तुलसीपुरमा राखेको छ । वलीले बस्नेतलाई खोज्दै उनकी श्रीमती र छोरीलाई हातपात गरेको जनाइएको छ । उनले आतंक मच्चाउँदा बित्तिकै स्थानीयले प्रहरीलाई बोलाएका थिए । तर एकराज भने घरमा थिएनन् ।

एकसमय वली र एकराजबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । उनका स्व.श्रीमान नेकपा एमालेका प्रदेशसभा सदस्य हुन् । उत्तर कुमार वलीको दुर्घटनामा मृत्यु भएपछि उनी सांसद निर्वाचित भएकी थिइन् । उनी पछि माओवादीतिर लागेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्